दुर्घटनामा दुई जनाको मृत्यु

Author Nishkarsha News
२०८१ आश्विन २३, बुधबार ०९:२५

दमक/ मोरङको रंगेली नगरपालिका–१ पोखरीटोल स्थित भित्री सडक खण्डमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मंगलबार दिउँसो साढे १२ बजे कर्सियाबाट सखरदिना तर्फ जादै गरेको प्र१–०४–००१ त १००४नम्वरको ट्याकटरले सोहि दिशातर्फ जादैगरेको को.६प ६५४६ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालक धनपालथान १ का रामबहादुर माझीको ज्यान गएको हो ।
मोटरसाइकल अनियन्त्रित भई पैदल यात्री धनपालथान गाउँपालिका–६ का ४५ बर्षीय सिटुरु ऋषिदेवलाइ समेत ठक्कर दिएको थियो ।
मोटरसाईकल चालक माझी र मोटरसाईकल पछाडि सवार उनको श्रीमती ३६ बर्षीया मंगली चौधरी समेत घाईते भएका थिए । घाईतेहरुको उपचारको सिलसलामा गोल्डेन अस्पताल बिराटनगरमा चालक माझीको मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
त्यसैगरी सुनसरी ईनरुवा ३ महेन्द्रचोक स्थित पुर्ब पश्चिम राजमार्गमा पश्चिमबाट पुर्व तर्फ जादै गरेको मधेश प्र.०१–००१च ०८४४ नम्बरको बोईलर कुखुरा बोकेको बोलेरो गाडी आफै अनियन्त्रित भएर पिपलको रुखमा ठोक्किदा एक जनाको मृत्यु भएको छ ।
पिकअप चालक बिजय चौधरीको जिल्ला अस्पताल इनरुवामा मृत्यु भएको प्रहरीले जनाएको छ । चौधरी सप्तरीको सुरुङ्गा न.पा २ का शंखु चौधरीका छोरा भएको उनका बाबुले सनाखत गरेका छन् ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्