दमक/ झापाको कमल गाउँपालिका वडा नं ५ स्थित मंगलबारेमा भलिबल खेलाडी (अमुख ब्यक्ति)को शालिक निर्माणको लागि शिलान्यास गरिएको छ ।
पूर्व क्षेत्रकै पुराना युवा क्लबहरु मध्येको तत्कालिन लखनपुरमा सञ्चालित सगुन युवा क्लवको पहलमा निर्माण गरिने शालिकको सोमबार एक कार्यक्रमकाबीच कमल गाउँपालिकाका अध्यक्ष तथा सगुन युवा क्लवका संस्थापक अध्यक्ष हुकुमसिंह राईले शिलान्यास गरेका छन् ।
शालिक निर्माणका लागि सो ठाउँबाट देश बिदेशका विभिन्न ठाउँमा पुगेका र स्थानीय सामाजिक तथा व्यवसायिक खेलप्रेमीहरुहरुको आर्थिक सहयोगमा शालिक निर्माण गरिने क्लबका सचिव रोशन दाहालले बताए ।
नेपालमा खेलिने पुराना खेलहरु मध्येको एक प्रसिद्ध खेल भलिबलको बिकास र पहिचानका लागि भलिबल खेलाडीले गरेको योगदानको सम्झनामा शालिक निर्माण गरिन लागिएको क्लबका अध्यक्ष देवी आङदेम्बेले जानकारी दिए ।
सगुन युवा क्लबले बिगत बर्षहरुमा पूर्वाञ्चलस्तरिय र जिल्लास्तरका भलिबल प्रतियोगिता समेत सञ्चालन गर्दै आएको थियो ।

उनका अनुसार भलिबलको शालिक राख्न ३ लाख बढी खर्च लाग्ने र त्यसका लागि सहयोग जुट्ने क्रममा रहेको छ ।

Facebook Comments Box