दमक/ दमकबाट दुई जना भुटानी शरणार्थी युवालाई प्रहरीले लागुऔषधसहित पक्राउ गरेको छ ।

दमक ३ बेलडाँगी शिविरका पेमा सिंह तामाङको घरबाट उनका छोरा २१ बर्षिय अभिषेक तामाङ र २७ बर्षिय संजिव लिम्बुको साथबाट लागुऔषध ब्राउन सुगर जस्तो देखिने लिसाईलो पदार्थ बरामद भएपछि उनीहरुलाई पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बुधबार राती १० बजे पक्राउ परेका उनीहरुलाई इलाका प्रहरी कार्यालय दमकमा राखेर थप अनुसन्धान शुरु गरिएको हो । .

Facebook Comments Box