दमक/ दमकका युवा सुरेश बरालले आफनो जन्मदिन सडक पेटीमा गीतमा बसेर गीत गाउने दृष्टिबिहिनहरुलाई सहयोग गरेर मनाएका छन् । पहिलो पाइला नेपाल दमक शाखाका सदस्य बरालले जन्मदिन पारेर बुधबार दमक बजारका सडक पेटीमा गीत गाएर परिवारको जीविकोपार्जन गर्दै आएका दृष्टिविहिनहरुलाई सहयोग गरेका हुन् ।
दमकको मुख्य बजार नमुना मार्गमा भएको कार्यक्रममा दमक उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु खड्का, पहिलो पाइला दमक शाखाका अध्यक्ष राजु निरौला, उपाध्यक्ष लबराज केसी, पूर्व अध्यक्ष मेघनाथ फुयल, सञ्जु निरौला लगायत सदस्यहरु सहभागी थिए ।

Facebook Comments Box