दमक क्याम्पसका तीन जना बिद्यार्थीलाई सिद्धार्थको छात्रवृत्ति

Author Nishkarsha News
२०८१ आश्विन १५, मंगलवार २०:०६

दमक/ सिद्धार्थ बैंकले दमक बहुमुखी क्याम्पसका तीन जना बिद्यार्थीलाई छात्रबृत्ति प्रदान गरेको छ ।
बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत क्याम्पसमा अध्ययनरत तीन जना बिद्यार्थीको बार्षिक शुल्क प्रदान गरेको सिदार्थ बैंक दमक शाखा प्रमुख मुक्ति भारतीले जानकारी दिए ।

छात्रवृत्ति रकम पाउनेहरुमा सो क्याम्पसमा स्नातक तहमा अध्ययनरत छात्राहरु रोजिना गुरुङ, निता रिमाल र नेत्रकुमारी दास दर्जी रहेका क्याम्पस प्रमुख यज्ञराज गिरी (राम)ले जानकारी दिएका छन् । उनीहरुलाई क्याम्पसको सिफारिसमा बैंकले एक बर्षको शुल्क बराबरको कूल ४५ हजार रुपैयाँ छात्रवृत्ति रकम प्रदान गरेको क्याम्पस प्रमुख गिरीले जानकारी दिए ।
सो रकम बैंकका तर्फबाट बैंकका क्षेत्रीय प्रबन्धक सुवास श्रेष्ठले दमक क्याम्पस प्रमुख राम गिरी सहित बिद्यार्थीहरुलाई हस्तान्तरण गरे ।

छात्रबृत्ति रकमको चेक हस्तान्तरण गर्दै क्षेत्रीय प्रबन्धक श्रेष्ठले बैंकले शिक्षा, स्वास्थय, वातावरण, पर्यटन, सांस्कृतिक सम्पदा, पुर्वधार र सुरक्षा जस्ता क्षेत्र अन्तर्गत विभिन्न सामाजिक उत्तरदायित्व निर्वाह सम्बन्धि कार्यहरूमा सहभागिता जनाउदै आएको र आगामी दिनहरुमा पनि यसलाई निरन्तरता दिदै जाने प्रतिबद्धता जनाए ।

कार्यक्रममा दमक क्याम्पस प्रमुख गिरीले सामुदायिक क्याम्पसमा अध्ययरत बिद्यार्थीहरुलाई बैंकले गरेको सहयोगले बालबालिकाहरुको शिक्षामा केही हदसम्म भए पनि उत्थानमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
आर्थिक कारोबारका अतिरिक्त सिद्धार्थ बैंकले शिक्षा क्षेत्रमा समेत सहयोग गरेर बिद्यार्थी र शिक्षा क्षेत्रका व्यक्तिहरुको पनि मन जितेको क्याम्पस प्रमुख गिरीले उल्लेख गरे ।
बैंकले शिक्षा, स्वास्थय,वातावरण, पर्यटन, सांस्कृतिक सम्पदा, पुर्वधार र सुरक्षा जस्ता क्षेत्र अन्तर्गत विभिन्न सामाजिक उत्तरदायित्व निर्वाह सम्बन्धि कार्यहरूमा सहभागिता जनाउदै आएको र आगामी दिनहरुमा पनि यसलाई निरन्तरता दिदै जाने उद्देश्य रहेको जनाएको छ ।

 

 

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्