जबरजस्तीकरणी अभियोगमा पक्राउ

Author Nishkarsha News
२०८१ आश्विन १४, सोमबार १६:३९

झापा/ २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । झापाको बुद्धशान्ति गाउँपालिका– १ भोट टार बस्ने २८ वर्षीय सुमन दर्लामी मगरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

सुमनले ती महिलालाई शुक्रवार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्