ईलाम/ हिजो बिहान ९ बजेतिर घाँस काट्न हिंडेका इलामको माई जोगमाई गाउँपािलका सोयाङका एक बृद्धको भिरबाट लडेर मृत्यु भएको छ ।
६० बर्षीय टेक बहादुर खड्काको भिरबाट लडेर मृत्यु भएको हो । बुधवार बिहान साँढे ९ बजेको समयमा घाँस काट्न जान्छू भनी हिडेका खड्का अबेर सम्म घर नफर्के पछी खोजतलास गर्ने क्रममा घर देखि करिव १०० मिटर नजिकैको भिर मुनी मृत अवस्थामा फेला परेका ईलाका प्रहरी कार्यालय नयाँ बजारले जनाएको छ ।
उनको शव परिक्षणको लागि जिल्ला अस्पताल ईलाम पठाएको र अन्य थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।