झापाको दक्षिण पश्चीम क्षेत्र गौरीगञ्जमा गाउँपालिका वडा नं ४ र वडा नं. २ भएर बग्ने किस्नी खोलाको पुलबाट  एक जना खोलामा हाम्फालेका छन् । शुक्रबार अपरान्ह करिब ४ बजे हाम्फालेर गौरीगञ्ज गाउँपालिका वडा नं. २ भाकुरमारीका अन्दाजी ५० बर्षिय केमालाल ताजपुरिया वेपत्ता भएका प्रहरीले जनाएको छ ।
वर्षाका कारण खोलामा आएको बाढीले उनको खोजीमा समस्या भएको छ । उनले के कति कारणले खोलामा हाम्फालेका हुन भन्ने यकिन खुलिसकेको छैन । खोलामा पानीको बहाव उच्च रहेकोले खोजी कार्यमा समस्या भएको इलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रहरी निरिक्षक रामचन्द्र साहले जानकारी दिए ।

Facebook Comments Box