काठमाडौंबाट धरान आउँदै गरेको बस पल्टियो

Author Nishkarsha News
२०८१ आश्विन ११, शुक्रबार ११:१३

धरान / काठमाण्डौबाट धरान तर्फ आउदै गरेको कोशी सुपरको रात्री सेवा बस आज बिहान दुर्घटना भएको छ ।

बर्दिबासको नजिक बाके भन्ने ठाउँको जङ्गलमा  प्र।१-०२-००१ख ९७३८ नम्बरको बस पल्टीएको हो । बस पल्टीए पनि सबै यात्रु सकुशल रहेका छन् । बस केहीलाई सामान्य चोटपटक मात्र लागेको घटनास्थलमा रहेका धरान १७ निवासी शिशिर खड्काले जानकारी दिए ।

खड्काका अनुसार उनी पनि अर्को गाडीबाट फर्कदै छन् । दुर्घटनामा परेको बसले ओभरटेक गरेर अगाडि गएको केहीबेरमा दुर्घटना भएको उनले बताए । “हामीलाई ओभर टेक गरेको थियो । पानी परिरहेको बेला ओभर स्पीड थियो,” उनले भने-“गाडी पल्टदा चै विस्तरै पल्टीएछ, र कसैलाई गम्भीर चोटपटक छैन ।” घटनास्थल सशस्त्र प्रहरीलगायत उद्दारको लागी सुरक्षाकर्मीहरु तत्काल पुगेको थियो ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्