सर्लाहीको दक्षिण पूर्वी क्षेत्र हरिपूर्वामा एक युवकले गोली प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । बिहीबार राति करिब १ बजेतिर हरिपूर्वा नगरपालिका-५, हरिपूर्वाका २७ वर्षीय धिरेन्द्र यादवले २३ वर्षकी श्रीमती चित्रलेखा यादवको गोली हानी हत्या गरेका हुन् ।
गोली हानेर फरार भएका उनको खोजी भइरहेको छ । फरार धिरेन्द्रले विवादमा आफ्नै बुवा ५४ वर्षका रामदिनेश यादवलाई पनि गोली हानेर घाइते बनाएका छन् ।