दमक/ झापाको कमल गाँउपालिका वडा नं. ६ लखनपुरमा सञ्चालित दिब्यदृष्टि भनेरेशन एण्ड एग्रो कन्सर्न प्रा.लिको पुजा सामाग्री उद्योगले दशंैका लागि तयारी जमरा बिउको प्याकेट बजारमा ल्याएको छ ।
भारतीय पूजा सामग्री विस्थापित गर्दै स्वदेशी पूजा सामग्री उत्पादन तथा बिक्री वितरण गर्दै आएको दिब्यदृष्टिले आफ्नै ब्राण्डमा मकै, गहुँ र जौ मिश्रीत जमरा बिउ बजारमा ल्याएको हो ।
पुर्वी नेपालको झापा, मोरङ र सुनसरीका पुजा पसलहरुमा दशैंको घटस्थापनाको दिनदेखि राख्न शुरु गरिने दिब्यदृष्टि ब्राण्डको जमरा बिउ ल्याईएको सो उद्योगका सञ्चालक बिष्णुप्रसाद पोखरेलले जानकारी दिए ।
दशैं टिका लगाई आशिर्वाद दिने क्रममा शिर अथवा कानमा पहेंलो जमरा सिउरी दिने तथा दक्षिणा दिँदा समेत खाली हातमा दिनु नहुने मान्यतासाथ जमरा मिसाएर दिने चलन छ । दशैंमा टिका ग्रहणका लागि नभई नहुने सामग्रीका रुपमा पहेंलो जमरालाई लिने गरिन्छ । यस किसिमको आवश्यकतालाई सहज रुपमा बन्दोबस्ती मिलाउन एउटै प्याकेट भित्र मकै, गहुँ र जौको सम्मिश्रण गरि बिउ जमरा उपलब्ध गराउने व्यवस्था मिलाइएको उद्योग सञ्चालिका बबिता तिम्सिनाले बताइन् । गत बर्षदेखि नै दिव्यदृष्टिले जमरा बीउ र शतबिज समेत बजारमा ल्याउन थालेको हो ।
दिब्यदृष्टी पुजा उद्योगले दिब्यदृष्टिको ब्राण्डमा जडिबुटिको हवन सामाग्रि, नवग्रह समिधा, गौ अर्क, सप्तधान्य, बाटेको धुप, दिब्य समिधा, जौको पिठो, बाटेको धुपमा प्रयोग हुने धुप मसला, गंगाजल, सप्तमृतिका, पञ्चरन्त, सर्वोषधि लगायतका एकदर्जनभन्दा बढी पुजा सामाग्रिहरु प्रशोधन र उत्पादन गर्दै आएको छ ।