खनाल महिला मञ्च, दमककाे साधारण सभा  सम्पन्न

Author Nishkarsha News
२०८१ आश्विन ५, शनिबार २१:००

 दमक/ खनाल महिला मञ्च दमक ले प्रथम साधारण सभा  सम्पन्न गरेकाे छ । दमक नगर पालिका भित्र बसाेबास गर्ने खनाल परिवारका बुहारीहरुकाे संस्था खनाल महिला मञ्च दमकले आफ्नाे प्रथम साधरण सभा एक कार्यक्रमका बिच सम्पन्न गरेकाे हाे । खनाल सेवा समिति झापा शाखाका सचिव ओमप्रसाद खनालकाे प्रमुख आतिथ्यतामा भएकाे उक्त साधारण सभाले आगामी कार्यकालकाे लागि हरिमाया खनालकाे अध्यक्षतामा सात सदस्यिय कार्य समिति समेत चयन गरेकाे छ ।

उक्त समितिकाे सचिवमा सुजता खनाल,काेषाध्यक्षमा निरु खनाल,सदस्यहरुमा तुलसा खनाल, गाेमा खनाल, बिष्णु खनाल,प्रमिला खनाल रहेका छन ।खनाल महिला मञ्चकी अध्यक्ष बिन्दा खनालकाे अध्यक्षतामा भएकाे उक्त कार्यक्रममा खनाल सेवा समिति झापा शाखाका उपाध्यक्ष बद्रिप्रसाद खनाल,खनाल सेवा समिति दमकका सचिव शारदा खनाल,काेषाध्यक्ष चुडामणी खनाल,सदस्यहरु पुण्यप्रसाद खनाल,खगेन्द्र खनाल,गणेश खनालकाे आतिथ्यता रहेकाे थियाे भने खनाल महिला मञ्च दमकका सदस्यहरुकाे  उपस्थिति रहेकाे थियाे ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्