दमक/  दमक ८ का सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि शैक्षिक सामग्री (कपी, पेन्सिल,कलम) वितरण गरिएको दमक जेसीजका महासचिव सहदेव भट्टराईले जानकारी दिए ।
दमक जेसिजका अध्यक्ष रामचन्द्र अधिकारीको अध्यक्षता र संस्थापक अध्यक्ष गणेश ढकालको प्रमुख आतिथ्यमा आयोजित सो कार्यक्रममा सामुदायिक बिद्यालयमा अध्ययनरत १ सय ५० बिद्यार्थीलाई ति शैक्षिक सामग्री प्रदान गरिएको हो ।


कार्यक्रममा दमक नगर उपप्रमुख तथा दमक जेसिजकी पूर्व अध्यक्ष रेगिना भट्टराई प्रसाई को विशिष्ट आतिथ्य रहेको थियो ।
सो अवसरमा दमक बहुमुखी क्याम्पसका सञ्चालक समिति अध्यक्ष ढुण्डीराज भण्डारी, लायन्स क्लव अफ दमक स्वीट सिटीका अध्यक्ष भीम पौडेल जेसीजका संस्थापक सदस्य पदम कोइराला, पूर्व अध्यक्ष चन्द्र खत्री, लोकबहादुर अधिकारी, संजीव बराल, भागवत बुढाथोकी, रमेश अधिकारी, केशव प्रसाद अधिकारी सन्तोष, पूर्व अध्यक्ष तथा जेसीज सामुदायिक भवन निर्माण समिति अध्यक्ष भगवान बस्नेत, लायन्स क्लवका एरिया चिफ तथा दमक जेसीजजका पूर्व अध्यक्ष नेत्र प्रसाद चौलागाँइ, दमक नगरपालिका सामाजिक विकास अधिकृत केशव प्रसाद प्रसाई , दमक जेसिज बोर्ड अफ ट्रष्टिजका अध्यक्ष गन्ज बहादुर दाहाल , खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष रवि के सी, नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष प्रकाश बुढाथोकी, साथीभाई समूहका अध्यक्ष दीपेन्द्र तिवारी लगायत विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु समेतको उल्लेखीय उपस्थिती रहेको थियो ।
कार्यक्रम संयोजक उत्सव प्रसाईले स्वागत मन्तव्य राखेको सो कार्यक्रमको सञ्चालन दमक जेसीजका महासचिव सहदेव भट्टराईले गरेका थिए ।

 

Facebook Comments Box