दमक/ लखनपुर सामुदायिक खानेपानी तथा सरसफाई उपभोक्ता समितिको अध्यक्षमा डम्बर बहादुर निरौला निर्वाचित भएका छन् । नेकपा एमाले, राप्रपा र जसपाको समेत संयुक्त टिमबाट एमालेका निरौला अध्यक्षको उम्मेद्वार थिए । निरौला २०७४ को स्थानीय चुनावमा कमल ५ को वडाध्यक्ष समेत भइसकेका नेता हुन् ।
उनलाई एमालेकी विद्रोही उम्मेद्वार उषा भण्डारीले मतगणनाको अन्तिम समय सम्म टक्कर दिएकी थिइन् । भण्डारी सो समितिको अध्यक्ष थिइन् ।
भण्डारीले ७२१ ल्याउँदा निरौला ९५१ मत ल्याएर बिजेता बनेका हुन् । उपाध्यक्षमा पनि सोही प्यानलका गंगा प्रसाद पाण्डे (९२२), सचिवमा हरि प्रसाद घिमिरे (९५२) र सह–सचिवमा धन कुमारी राई (१३९६) मत ल्याएर निर्वाचित भएका छन् ।
क्षेत्र १ बाट भिम कार्की र कमला राई गुरुङ बिजयी भए भने क्षेत्र २ बाट ईश्वर बुढाथोकी र लोबिता राई विजयी भएका छन् । क्षेत्र ३ बाट नीर बहादुर श्रेष्ठ , क्षेत्र ४ बाट दुर्गाप्रसाद पराजुली , क्षेत्र ५ बाट
राजकुमारी कुरुम्बाङ र टंक चापागाइँ विजयी भएका छन् ।