दमक/ लखनपुर सामुदायिक खानेपानी तथा सरसफाई उपभोक्ता समितिको अध्यक्षमा नेकपा एमालेकी बिद्रोही उम्मेद्वार उषा भण्डारीको अग्रता कायमै छ । भण्डारी ६१७ मतसहित पहिलो स्थानमा छिन । उनीसँगको प्रतिस्पर्धामा पूर्व वडाध्यक्ष समेत रहेका नेकपा एमालेका डम्बर बहादुर निरौलाले ५ सय ८३ मतसहित पछ्याइरहेका छन् ।
स्वतन्त्र समुहका उम्मेद्वार कृष्ण भण्डारीले २८६ मत र लोकतान्त्रिक गठबन्धनका राजु न्यौपानेले २ सय ४५ मत ल्याएका छन् ।
उपाध्यक्ष तर्फ कांग्रेसका विद्रोही उम्मेद्वार प्रमोद दाहालले पछिल्लो समय मत बढाएर पहिलो स्थानमा छन । दाहाल ५ सय ९६ मतसहित पहिलो स्थानमा रहेका हुन भने उनलाई लोकतान्त्रिक गठबन्धनका दिनेश अधिकारीले ५ सय २८ मतसहित पछ्याइरहेका छन् । अर्का प्रत्यासी गंगाराम पाण्डेले ५ सय १५ मत ल्याएका छन् ।