महतोले खोले नयाँ पार्टी

Author Nishkarsha News
२०८१ आश्विन १, मंगलवार १४:५६

  काठमाडौं/  पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतोले नयाँ पार्टी घोषणा गरेका छन् । मंगलबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै महतोले आफ्नै नेतृत्वमा ‘राष्ट्रिय मुक्ति क्रान्ति’ नामक पार्टी घोषणा गरेका हुन् ।

पार्टी घोषणा गर्दै महतोले देशको विद्यमान सबै प्रकारका विभेद, असमानता, शोषण, दमन, उत्पीडन, अन्याय, अत्याचार, भ्रष्टाचार, कुसंस्कार सँस्कृतिबाट देशलाई मुक्ति दिलाई देशका सबै पहिचान, वर्ग, समुदाय,धर्म, जात—जाति,क्षेत्र,लिङगका जनतालाई अधिकार, पहिचान, स्वाभिमान, स्वशासन, सुशासन, सम्बृद्धि, सामाजिक न्याय तथा सभ्यता र संस्कृतिको रक्षाको निमित्त हिमाल, पहाड, तराई मधेशका जनता अब सँगै मिली एकतावद्ध भई राष्ट्रिय मुक्ति क्रान्त्ति गर्नु अपरिहार्य भएको बताएका छन् ।

नयाँ पार्टी घोषणा गरेका महतोले तत्कालै पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिईने पनि जानकारी दिएका छन् । महतोले घोषणा गरेको नयाँ पार्टीलाई सामाजिक अभियान्ता सुमन सायमीले पनि साथ दिएका छन् । गत आम निर्वाचनमा काठमाडौं ८ बाट स्वतन्त्र उम्मेदवार बनेका सामयी दोस्रो भएका थिए । त्यसयता उनी महतो नेतृत्वको अभियानमा सक्रिय बनेका थिए ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्