दमक/ ३१ भाद्रमा सम्पन्न लखनपुर सामुदायिक खानेपानी तथा सरसफाई उपभोक्ता समितिको निर्वाचनमा उषा भण्डारीले अग्रता लिएकी छिन् । अहिले सम्म अध्यक्ष पद तर्फ भण्डारीले ५ सय ४० ल्याएर अग्रता लिएकी हुन् । भण्डारी एमालेबाट विद्रोह गरेर उम्मेद्वार बनेकी हुन् ।
उनीसँगको प्रतिस्पर्धामा पूर्व वडाध्यक्ष समेत रहेका नेकपा एमालेका डम्बर बहादुर निरौलाले ४ सय ८० ल्याएका छन भने लोकतान्त्रिक गठबन्धनका राजु न्यौपानेले १९८ मत ल्याएका छन् ।
त्यसैगरी अध्यक्षकै अर्का प्रत्यासी कृष्ण भण्डारीले १८६ र खेमराज गुरागाइँले ४६ मत ल्याएका छन् । उपाध्यक्ष तर्फ लोकतान्त्रिक गठबन्धनका दिनेश अधिकारीले अग्रता लिएका छन् । उनले ४२७ मत ल्याएका छन लोकतान्त्रिकका विद्रोही उम्मेद्वार प्रमोद दाहालले ३ सय ८८ मत ल्याएर पछ्याइरहेका छन् । अर्का प्रत्यासी विनोद खरेलले १५६ मत ल्याएका छन् ।
सचिव पदमा स्वतन्त्र समुहका यामप्रकाश सुब्बाले ५ सय ४४ मतसहित अग्रता लिएका छन् । उनीसँगको प्रतिस्पर्धामा रहेकका नेकपा एमाले नेतृत्वको साझा समुहका हरि घिमिरेले ४२१ मत प्राप्त गरेका छन् कांग्रेस नेतृत्वको लोकतान्त्रिकका निधिरत्न अधिकारीले २ सय ३६ मत ल्याएका छन् ।
सह–सचिवमा धनकुमारी राईले ७ सय ९९ मतसहित अग्रस्थान ओगटेकी छिन भने बिमला भट्टराईले २ सय ९४ र गोमा तिवारीले १ सय ८४ मत ल्याएका छन् । पदाधिकारीहरु तर्फ अहिले सम्म क्षेत्र नं १, २ र ३ को मतगणना भइसकेको हो भने क्षेत्र नं ४ को २०० मत गणना हुँदा सम्मको परिणाम हो । निर्वाचनमा करिब २ हजार ९ सय हाराहारीमा मत खसेको छ । आज अपरान्ह सम्ममा गणना सम्पन्न हुने अनुमान छ ।