दमक/ ६० औँ बालदिवसको अवसर पारेर दमक–६ स्थित ग्लोबल एजुकेशनल ऐकेडेमीले यही भाद« ३० र ३१ गते विविध सांस्कृतिक कार्यक्रमका साथ बालदिवस मनाउँदै कक्षा– ११ का नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत गरेको छ ।
कार्यक्रमहरु मन्टेश्वरी तथा कक्षा– १ देखि कक्षा–१० सम्म र कक्षा–११ का विद्यार्थीका लागि स्वागत गरी तीन चरणमा तय गरिएको थियो ।
तीनवटै कार्यक्रमको अèयक्षता विद्यालय सञ्चालक समितिका अध्यक्ष इन्दिरा बस्नेतले गर्नुभएको थियो भने ३० गते बिहानी शत्र मन्टेश्वरी कार्यक्रमको प्रमुख अतिथी दमक नगरपालिका वडा नं.६ का अध्यक्ष टेकबाहुदुर थापा रहनुभएको थियो भने दिवाशत्र कक्षा १ देखि १० सम्मको कार्यक्रमको प्रमुख अतिथि दमक नगर प्रमुख रामकुमार थापा रहनुभएको थियो ।

यसरी नै ३१ गते कक्षा–११ का विद्यार्थीको स्वागत कार्यक्रम वडाध्यक्ष थापाको प्रमुख आतिथ्यमा भएको थियो । कार्यक्रममा विशिष्ट अतिथि प्याब्सन झापाका अध्यक्ष गौरीमान फागो तथा कमल गाउपालिका प्याब्सन अध्यक्ष बदी साम्पाङ राई रहनु भएको थियो ।
कार्यक्रम कक्षा–१२ का विद्यार्थीहरुले सञ्चालन गरेका थिए । कक्षा १२ का विद्यार्थी शुभम सिग्देल  इभेन्ट मेनेजरका रुपमा रहनु भएको थियो । यसै गरी सहजकर्ताका रुपमा शिक्षक सन्दिप बराल तथा कोरीयोग्राफर कविता चापागाईले भुमिका निर्वाह गर्नुभएको थियो ।
संस्थाका सहायक प्र.अ कृष्ण गुरागाई, विद्यालय को अर्डिनेटर नरेश पोखरेल, भूतपूर्व सहायक प्रधानाध्यापक शंकर राज गौतम, संस्थापक शिक्षक दुर्गा आचार्य, विज्ञान शिक्षक भानु प्रताप न्यौपाने, मन्टेश्वरी इन्चार्ज रीता भट्टराई, मन्टेश्वरी शिक्षिका इन्दिरा ढकाल, लगायत समपूर्ण शिक्षक शिक्षिकाहरुले आ–आफ्नो भूमिका निर्वाह गरी कार्यक्रमलाई सहज बनाएका थिए ।

विद्यालयका तर्फबाट स्वागत मन्तव्य राख्दै शिक्षा उपसमिति संयोजक खेम प्रसाद भण्डारीले विद्यालयले प्राप्त गरेको गुणस्तरीय छविलाई उचाइमा पुर्याउन विद्यार्थीहरु सशक्त ढङ्गले लाग्नुपर्नेमा जोड दिनुभयो । त्यसैगरी विद्यालयको गतिविधिबारे प्रकाश पार्दै प्रधानाध्यापक गुणराज अधिकारीले ग्लोबल एजुकेशनल एकेडेमी कोशी प्रदेशकै उत्कृष्ट विद्यालय भएको र प्रविधि मैत्री विद्यालयको रुपमा स्थापित भइसकेको उल्लेख गर्नु भयो । उहाले यसको गुणस्तर घटन नदिन विद्यालय,अभिभावक र विद्यार्थी बिच समन्वय हुनुपर्ने कुरामा जोड दिँदै आफ्नो तर्फबाट कुनै कुरामा कन्जुस्याइँ नहुने प्रतिबद्धता जाहेर गर्नुभयो । नगर प्रमुख रामकुमार थापाले यो एकेडेमी दमक क्षेत्रकै संस्थागत विद्यालयहरुमा नमुना विद्यालयका रुपमा स्थापित भएको धारणा व्यक्त गर्नुभयो ।

बालदिवस तथा स्वागत कार्यक्रममा शैक्षिक शत्र २०८० को वार्षिक परीक्षा तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्टता हासिल गर्ने विद्यार्थीहरुलाई नगद तथा शैक्षिक सामाग्रीद्वारा पुरस्कृत गरिएको थियो । विगत वर्षझैँ यस वर्ष पनि कक्षा नर्सरी देखि १२ सम्मका कक्षा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरुलाई क्रमश जनही नगद रु ६०००/– , ४०००/, ३००० का दरले प्रदान गरिएको थियो ।
यसै गरी सो कार्यक्रममा संस्थाका उत्कृष्ट अभिभावकहरुलाई नगद सहित मायाको चिनो प्रदान गरी खादा ओढाएर सम्मान गरिएको थियो ।

Facebook Comments Box