सिटी सफारी चार्ज गर्दा करेन्ट लागेर मृत्यु

Author Nishkarsha News
२०८१ भाद्र ३१, सोमबार १०:५०

गौरीगञ्ज/ झापाको गौरीगञ्ज गाउँपालिका वडा नं २  कोरोबारीमा सिटी सफारी चार्ज गर्ने क्रममा बिद्युत सर्ट हुँदा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । हिजो आइतबार बिहान सवा ९ बजे गौरीगञ्ज–२ का ३३ बर्षीय महेश राजबंशीलाई आफ्नै घरमा सिटी सफारी चार्ज गर्ने क्रममा बिद्युत सर्ट भएर करेन्ट लागेको थियो ।
राजबंशीलाई तत्काल उपचारका लागि लाईफलाईन अस्पताल दमक लगिएकोमा उपचारका क्रममा मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्