दमक आएर प्रचण्डले क्षमा माग्दै भने– अब हामी हाम्रो बाटो हिंडछौं

Author Nishkarsha News
२०८१ भाद्र २९, शनिबार २१:३४

दमक/  नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल झापा आएका छन् । उनले झापाको दमकमा आज आयोजित कार्यक्रमकाबीच दमक ८ स्थित पार्टी कार्यालय भवनको उद्घाटन गरेका छन् ।

सो अवसरमा अध्यक्ष प्रचण्डले आफूहरुलाई सिंहदरबार सम्म पुर्याउने वर्ग समुदायको हितमा अपेक्षाकृत काम गर्न नसकेको र सिंहदरबारमा अल्मलिएको स्वीकार गर्दै क्षमा पनि मागे ।
अब समाजवादको नयाँ आधार नबनाएसम्म आफू निरन्तर लागिपर्ने बताएका अध्यक्ष प्रचण्डले अहिले सम्मका अधिकार र उपलब्धि प्राप्तीका लागि विगतमा मजदुर, किसान, आदिवासी जनजाती, थारु, मुस्लिम लगायतको योगदानको प्रशंसा गर्दै ति समुदायको अधिकारको रक्षा र थप अधिकार प्राप्तिका लागि नयाँ ढंगबाट पार्टी अघि बढ्ने उद्घोष गरे । प्रचण्डले भने– विगतमा हामी हाम्रो वर्गसँग टाढा भएकै हौं, पहिचानको मुद्धामा अल्मलिएकै हौं हामीबाट थोरै गल्ती विगतमा भएकै हो यो कुरामा म क्षमा माग्छु ।
दलाल, पुँजीवादी र नोकरशाहीहरुलाई छोडेर अब माओवादी नयाँ बाटोमा हिंडने संकल्पका साथ अघि बढेको पनि अध्यक्ष प्रचण्डले दोहोरयाए । उनले कांग्रेस एमाले तर्फ लक्षित गदैै भने– मैंले भन्दिएको छु कि अब तिमीहरु तिम्रो बाटो हिंड, हामी हाम्रो बाटो हिंड्छौं । अध्यक्ष प्रचण्डले आइतबार विर्तामोडस्थित सिटी सेन्टरमा हुने जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको माओवादी केन्द्रले जनाएको छ ।

 

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्