दमक/ झापाको दमक ६ मा युवा सहकारीकर्मीहरुद्धारा सञ्चालनमा आएको शिखा बचत तथा ऋण सहकारी संस्थाले १३ औं बार्षिक साधारण सभा शेयर सदस्य तथा बचत कर्ताहरुलाई विभिन्न सम्मान र पुरस्कार अर्पण गर्दै सम्पन्न भएको छ ।
साधारणसभाको उदघाटन सत्रमा संस्थालाइ नियमित बचत तथा कर्जा चुक्ता गरी सहयोग पुर्याउने ५० जना शेयर सदस्यहरुलाई पुरस्कृत गरियो । त्यस्तै १७ जना ज्येष्ठ नागरिक (बृद्धबृद्धा)लाई लौरो र जनही एक हजार रुपैयाँ नगद सम्मानसहित प्रदान गरिएको संस्थाका व्यवस्थापक तुल्सी राजवंशीले जानकारी दिए । सोही अवसरमा ३७ जना बालबालिका साथै कर्मचारीहरुलाइ प्रमाणपत्र र मायाको चिनो सहित सम्मान गरिएको थियो ।
संस्थाले staff of the year को सम्मान देउकुमार लिम्बूलाई प्रदान गरेको छ भने star of the year को अवार्ड सन्जय बस्नेत र अर्पण डुङ्गानालाई प्रदान गरेको छ । उनीहरुलाई नगदसहित प्रमाणपत्रले सम्मान गरिएको थियो ।
दमक ६ पशुपति सेवा सदनमा भएको साधारण सभामा संस्थाका अध्यक्ष तेजकुमार श्रेष्ठ, कार्यक्रमका प्रमुख अतिथी झापा जिल्ला सहकारी संघका उपाध्यक्ष प्रेम कुमार कोइराला दमक ६ का वडाध्यक्ष टेक बहादुर थापा ,संस्थापक अध्यक्ष पृतम सुब्बा लगायतले उनीहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरेका थिए ।
सभामा संस्थाको तर्फबाट बार्षिक प्रतिवेदन पेश गर्दै अध्यक्ष श्रेष्ठले गत आर्थिक बर्ष २०८०/०८१ मा २४ करोड निक्षेप संकलन भएको २ करोड ७२ लाखको शेयर पुँजी पुगेको र कूल २७ करोड कर्जा लगानी रहेको तथ्याङक प्रस्तुत गरे । संस्थामा २ हजार ८सय ९५जना सदस्यले कारोबार गर्दै अएका उल्लेख गरे । उनले दुई बर्षदेखि नियमित कारोबार नगर्ने शेयर सदस्यहरुलाई निष्क्रिय सदस्यको सूचीमा राखिने संस्थाको नीति रहेको उल्लेख गरे ।
सो संस्थाले बार्षिकोत्सव लगायतका विभिन्न अवसरमा शेयर सदस्यहरुलाइ अवलोकन भ्रमण ,रक्तदान कार्यक्रम ,सरसफाइ , समबेदना लैजाने जस्ता कार्यक्रमहरुलाई निरन्तरता दिइएको प्रतिबेदनमा उल्लेख गरिएको छ । लेखासुपरिवेक्षण समिति सदस्य सुनिता खड्काले स्वागत मन्तव्य राखेको सो कार्यक्रमको सञ्चालन संस्थाका सचिब तिर्थराज चाम्लिङले गरेका थिए ।