दमक/ दमक –६ स्थित हिमचुली बचत तथा ऋण सहकारी संस्थाको १६ औं बार्षिकोत्सव तथा साधारण सभा मंगलबार सम्पन्न भएको छ ।
दमक उद्योग वाणिज्य संघको सभाकक्षमा जिल्ला बचत तथा ऋण सहकारी संघ झापाका अध्यक्ष तुलाराम न्यौपानेको प्रमुख आतिथ्य र संस्थाकी अध्यक्ष लिला ढुंगेल दाहालको अध्यक्षतामा भएको कार्यक्रममा सञ्चालक समितिका तर्फबाट बार्षिक प्रतिवेदन पेश गर्दै अध्यक्ष दाहालले संस्थाबाट सदस्यहरुका लागि गरिने ऋण लगानीको सीमाना ११ लाख कायम गरिएको जानकारी दिईन् ।
उनले धितो मुल्याङकनको ४० प्रतिशत रकम मात्रै ऋण लगानी गर्ने र साना पुँजी भएका व्यवसायहरुको व्यवसायिक प्रवद्र्धनमा जोड दिइने उल्लेख गरिन् । प्रस्तुत प्रतिवेदनमा आर्थिक बर्ष २०८०÷०८१ म विभिन्न शिर्षकबाट कुल आम्दानी ९५ लाख ५५ हजार रुपैयाँ भएको उल्लेख छ ।
संस्थामा अघिल्लो आर्थिक बर्षमा कूल ४ सय ९३ जना शेयर सदस्य रहेकामा आर्थिक बर्ष २०८०/०८१ म कूल ६७३ जना पुगेको संस्थाको बार्षिक प्रतिवेदनमा उल्लेख छ । गत असार मसान्त सम्ममा संस्थाको शेयर पुँजी ९० लाख २६ हजार पुगेको र ५ करोड ४९ लाख २८ हजारको वासलात प्रस्तुत गरिएको छ । सभामा प्रस्तुत सञ्चालक समिति र लेखा समितिको प्रतिवेदन सुझावसहित पारित गरिएको संस्थाका संस्थाका सञ्चालक छबिलाल घिमिरेले जानकारी दिए ।


साधारण सभामा प्रमुख अतिथी न्यौपाने, जिल्ला सहकारी संघका लेखा संयोजक चुडामणी ओझा, जिवन चक्र समाजका अध्यक्ष गणेश गौतम लगायतको आतिथ्य रहेको थियो । कार्यक्रममा संस्थाले बर्षेनी प्रदान गर्दै आएको उत्कृष्ट बचत कर्ता, उत्कृष्ट कर्मचारी पुरस्कार लगायतका विभिन्न विधामा शेयर सदस्यहरुलाई पुरस्कार एवं सम्मान गरिएको थियो । संस्थाका सञ्चालक सदस्य प्रविण पाठकले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन संस्थाका व्यवस्थापक प्रेमलाल भण्डारीले गरेका थिए ।

Facebook Comments Box