झापाको दोमुखामा पौडी खेल्ने क्रममा एकजनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । भद्रपुर नगरपालिका वडा नम्बर ५ बस्ने १५ वर्षीय फिरु शेखको मृत्यु भएको छ । । उनीसंगै हराइरहेका भद्रपुर ५ कै १५ वर्षीय उज्जवल राईको खोजी भइरहेको छ ।
शेखको पौडी खेलेको स्थान भन्दा ५० मिटर तल पानीमा घोप्टो परेको अवस्थामा शव भेटिएको हो । उनका साथी त्रिकुमार राजवंशी र स्थानीय बासीले खोज्ने क्रममा शव फेला पारेका थिए ।
भद्रपुरबाट ४ जना दोमुखा विहान ११ बजे घुम्नका लागि दोमुखा आइ पुगेका थिए । दिउँसो २ बजे ४ जना पौडी खेल्ने क्रममा २ जना अचानक हराए । मृतकका साथी त्रिकुमार राजवंशीले भने चारै जना पौडी खेलीरहेका थियौ ।
दुई जना साथी अचानक हराए । एक जना साथीलाई पानी घुमाउँदै गरेको देखे गएर तान्न खोजे तर सकिन । घुमाउने पानी भएकाले भित्र कहाँ लग्यो पत्तै भएन । उनका अनुसार हराइरहेको उज्वल राईको २२ गते जन्म दिन परेको थियो । उनले भने, जन्म दिन मनाउन उसले हामीलाई दोमुखा घुमाउन ल्याएको हो । अब साथी हरायो एक जनाको मृत्यु भई सक्यो, कसरी घर जानु ।
किशोर भद्रपुर माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी हुन् ।