दमक/ नेपाली कांग्रेसका संस्थापक नेता एवं महामानव बीपि कोइरालाको १११ औं जन्मजयन्तीको अवसर पारेर सोमबार कांग्रेस दमक ५ले कार्यक्रम गरेको छ ।  दमक ५ स्थित निर्माणाधिन वीपि स्मृति भवन परिसरमा नेता, कार्यकर्ताहरुको सहभागितामा सरसफाई र पार्टीको झण्डोत्तोलन गरिनुका साथै वीपिको योगदानबारे चर्चा परिचर्चा गरिएको हो ।


कांग्रेस झापाका उपसभापति शेरबहादुर भट्टराईले महामानव वीपि कोइरालाले देखाएको बाटोमा अविचलित भएर हिंड्नुनै उहाँप्रतिको सच्चा सम्मान हुने उल्लेख गरे । पार्टीका वडा सभापति चैतन्य बरालको सभापतित्वमा भएको सो कार्यक्रममा झापा क्षेत्र नं ५ का सभापति ढुण्डीराज भण्डारी, प्रदेश सभा ख का सभापती रबि केसी न्यौपाने, जिल्ला सदस्य पर्शुराम रिजाल, आदिवासी जनजाती महासंघ झापाका उपसभापति सोम तामाङ, दमक नगर कार्यवहाक सभापति प्रेम भट्टराई, उपसभापति युवराज खनाल (सागर)सचिवद्धय रामचन्द्र अधिकारी र दिपेश दाहाल , नेविसंघ नेता नवराज ढकाल लगायत जिल्ला सदस्य, क्षेत्रीय सदस्य, क्षेत्रीय प्रतिनिधि, नगर सदस्य, वडा पदाधिकारी एवम् कांग्रेस कार्यकर्ताहरु सहभागी भएका वडा सचिव धर्म ढुंगानाले जानकारी दिए ।

Facebook Comments Box