दमक/ झापाको दमक ८ मा सञ्चालित हेल्दी फ्रेस मिटमार्ट एण्ड यावा रेष्टुरेँन्टले स्थापनाको तेस्रो बार्षिकोत्सव मनाएको छ । बार्षिकोत्सवका अवसरमा हेल्दी मिटमार्ट एण्ड यावा रेष्टुरेँन्टका तर्फबाट सञ्चालक सञ्जय राईले शुभकामना सन्देश जारी गरेका छन् ।
सो रेष्टुरेँन्टले पर्यटकीयस्थल दोमुखामा आफ्ना कर्मचारी, ग्राहक तथा शुभचिन्तकहरुमाझ खुशी साटासाट, विभिन्न रचनात्मक कार्यक्रमहरु गर्दै तेस्रो बार्षिकोत्सव मनाएको हो ।
ग्राहक, उपभोक्ता एवं शुभचिन्तकहरुमाझ बार्षिकोत्सव गीतसंगीतमा नृत्य गर्नुका साथै विभिन्न रचनात्मक खेलहरु सञ्चालन गरिएको थियो ।
बार्षिकोत्सव विशेष समारोहमा दमकका होटल तथा लज, रेष्टुरेँन्ट, क्याफे व्यवसायीहरु, कोल्ड सेन्टरका सञ्चालकहरु, ग्राहकहरु तथा शुभेच्छुकहरु उल्लासपूर्वक सहभागिता जनाएका थिए ।
सञ्चालक राईका अनृुसार मिटमार्ट र रेष्टुरेन्टमा झण्डैं दुई दर्जन कर्मचारीहरु कार्यरत छन् । आफ्नै फार्ममा उत्पादन भएका खसी, बोका, राँगा, भैसी, सुँगुर, कुखुराको मासु अलग अलग ठाउँमा आधुनिक प्रविधिको प्रयोग गर्दै बजारमा उपलब्ध गराउने गरिएको छ । स्वास्थ्यकर मासु अलग–अलग र व्यवस्थित ढंङ्गबाट विक्री गरिन्छ–सञ्चालक राईले भने ।
सो मिटमार्टले अर्डर अनुसार दमक क्षेत्रभरी मासु तथा होम डेलिभरी सेवा समेत दिँदै आएको छ ।
मिटमार्टसहित त्यहाँ यावा रेष्टुरेन्टले बजार मूल्य भन्दा सस्तो दरमा खाना, खाजाका आइटमहरु, मासुका विभिन्न परिकारहरु तथा विभिन्न ब्राण्डका पेय पदार्थहरु उपलब्ध गराउँदै आएको छ ।
रेष्टरेन्टमा आउने ग्राहकहरुका लागि खसी, बोका, कुखुँरा, राँगा, भैसी र सुगुर–बुँगुरका अलग अलग प्रकारका सेकुवा उपलब्ध रहेको छ ।