दमक/ दमकस्थित सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाले आइतवारदेखि १५ औं बार्षिक साधारण सभा शुरु गरेको छ । भाद्र २६ गतेसम्ममा सम्पन्न गरि सक्ने तालिकासहित १५ औ बार्षिक साधारणसभा शुरु गरेको हो ।
संस्थाका प्रवन्ध निर्देशक अरुण भण्डारीले दमक र आसपासका पालिकामा समेत संस्थाका सदस्यहरु रहेका र कारोबार गर्दै आएकाले उनीहरु सबैको सहज सहभागिताका लागि चार दिन सम्म साधारण सभा सञ्चालन गर्ने तालिका बनाइएको बताए ।
सोही तालिका अनुसार सो संस्थाले आफ्नै भवनमा औपचारिक रुपमा कार्यक्रम गरि १५ औ बार्षिक साधारणसभा शुरु गरेको हो । आइतवार दमक १,८,९ र १० का शेयर सदस्यहरुको सहभागितामा साधारणसभा सञ्चालन गरिएको छ ।
यसैगरि, भदौ २४ गते दमक ४,५ र ६ का र २५ गते दमक २,३ र ७ वडाका शेयर सदस्यहरुको उपस्थितिमा इकाईगत साधारणसभा सञ्चालन गरिने संस्थाले जनाएको छ । साधारणसभाको माइन्यूट प्रमाणीकरणसहित समापन भने भदौ २६ गते आफनै सभाहलमा सम्पन्न गरिने संस्थाद्धारा वितरित प्रतिवेदनमा उल्लेख छ ।
सूर्यदर्शन साकोसका अध्यक्ष टिकाराज सापकोटाको अध्यक्षता तथा जिल्ला सहकारी संघ झापाका अध्यक्ष गणेश प्रसाद ढकालको प्रमुख आतिथ्यतामा भएको इकाइगत साधारणसभा उद्घाटनमा संस्थाका अध्यक्ष सापकोटाले संस्थाको तर्फवाट अध्यक्षको प्रतिवेदन र लेखा सुपरिवेक्षणका तर्फवाट संयोजक डिल्लीराम मुखियाले लेखा प्रतिवेदन प्रतिवेदन प्रस्तुत गरेका थिए । अध्यक्ष सापकोटाले संस्थाको अवस्था ,अनुमानित बजेटसहित नीति तथा कार्यक्रमहरु प्रस्तावका रुपमा पेश गरेका छन् ।
६ हजार ९ सय ९४ जना शेयर सस्य रहेको सो सहकारीको १७ करोड ६९ लाख ४१ हजार १ सय रुपैया चुक्ता शेयर पूंजी पुगेको छ ।
त्यस्तै, कुल बचत १ अर्व ७७ करोड ६४ लाख ८२ हजार ८ सय ५८ रुपिया , कर्जा लगानी १ अर्व ७३ करोड ३७ लाख ७१ हजार ७सय ३१, बाह्य कर्जा १२ करोड ३७ लाख २६ हजार ४३ रुपैया रहेको संस्थाले निकालेको प्रतिवेदनमा जनाइएको छ ।
सहकारीले गएको वर्ष कुल आम्दानी २६ करोड ६० लाख ७४हजार ४ सय १६ रुपैया आर्जन गर्न सफल भएको संस्थाका कर्जा शाखा प्रमुख इश्वर नेपालले जानकारी दिए ।

 

Facebook Comments Box