राप्रपा निकट बिद्यार्थी संगठनको नगर नेतृत्व चयन

Author Nishkarsha News
२०८१ भाद्र २२, शनिबार २२:२४

दमक/  राप्रपा सम्बद्ध राष्ट्रिय प्रजातान्त्रिक बिद्यार्थी संगठनको दमक नगर अधिवेशनले संगठनको नेतृत्व चयन गरेको छ ।  शनिबार दमक ७ मा सम्पन्न संगठनको नगर अधिवेशनले अध्यक्षमा सुजन अधिकारीलाई सर्वसम्मत चयन गरेको सो पार्टीले जनाएको छ ।
नगर कमिटीका सदस्यहरुमा मनिष भट्टराई, स्मारिका श्रेष्ठ, लेलन सुब्बा, सृष्टि क्षेत्री,सविन पौडेल, नेहा भगत, विवेक लिम्बु, सुरज घिमिरे र श्याम मल्लिक रहेका छन् । पार्टीका कोशी प्रदेश कमिटी अध्यक्ष रामकुमार थापाको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनले सो कमिटी चयन गरेको जनाइएको छ ।

नगर अधिवेशनको उद्घाटन कार्यक्रममा पार्टीका  जिल्ला अध्यक्ष केशव ओझा, क्षेत्रीय अध्यक्ष भिमप्रसाद पौडेल ,नगर कमिटी अध्यक्ष हेम सुवेदी, चिकित्सक डा. सूर्यनारायण साह, युवक संगठनका विक्रम खाम्देन, उद्योगी व्यवसायी नेता राजु खड्का लगायतले शुभकामना दिएका थिए ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्