शिवसताक्षी / झापाको शिवसताक्षी ८ झिलझिलेका सामाजिक तथा शैक्षिक व्यक्तित्व उदयप्रकाश राईलाई मातृ शोक परेको छ । स्थानीय ओएसिस अंग्रेजी बोर्डिङ स्कूलका प्रिन्सिपल एवं प्याव्सन शिवसताक्षी नगर उपाध्यक्ष, सताक्षीधामा बिकास समिति उपाध्यक्ष तथा छिमेकी बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष राईकी आमा सन्चोमाया राईको ८० बर्षको उमेरमा आज बिहान निधन भएको हो । स्वर्गीय राईका दुई छोरा खगेन्द्रबहादुर र उदयप्रकाशसँगै तीन छोरीहरु कलावती राई, सुस्मा राई र हिमा राई रहेका छन् । स्वर्गीय राईको आजनै ११ बजे झिलझिलेस्थित राजमार्ग उत्तरको जंगलमा परम्परा अनुसार अन्त्येष्टी गरिने पारिवारिक स्रोतले जनाएको छ ।