दमक/ झापाको कन्काई नगरपालिका वडा नं ५ स्थित भित्री सडक खण्डमा मोटरसाइकलको ठक्करबाट एक बालकको ज्यान गएको छ ।
बिहिबार बेलुकी ५ बजे सुरुङगाबाट झापाबजार तर्फ जादैं गरेको प्र १–०१–०१७ प ४३७० नम्बरको मोरटसाईकलले बाटो क्रस गर्दै गरेका सुन्तली टुडुका ४ बर्षिय छोरा आर्यन टुडुलाई ठक्कर दिएर घाइते बनाएको थियो ।
घाईते बालकको विर्तासिटी अस्पताल बिर्तामोडमा सामानय उपचार पश्चात बिएण्डसी अस्पताल बिर्तामोड लगिएकोमा तत्कालै चिकित्सकहरुले मृत घोषणा गरेका हुन् ।
मोटरसाइकल चालक झापा गाउँपालिका वडा नं. २ का २४ बर्षिय बसन्त मुखियालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक कृष्ण चन्दले जानकारी दिए ।