धनुषामा पोखरीमा डुबेर तीन जना बालकको ज्यान गएको छ । मावलीघरमा भोज खान गएका तीन जना बालकको पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
मावलीतर्फका हजुरबुबा महावीर साहको घरमा भोज खान गएका बालकहरू नजिकैको पोखरीमा पौडी खेल्न जाँदा डुबेको आशङ्का गरिएको छ । मृतक बालकहरू साहका तीन वटा छोरीका छोरा हुन् । साँझ करिब ७ः३० बजेतिर पोखरीमा बालकको शव भेटिएको हो ।
सबैजना भोजमा व्यस्त रहेका बेला पौडी खेल्न गएका उनीहरुको पानीमा डुबेर मृत्यु भएको हुनसक्ने आशङ्का गरिएको वडाध्यक्ष गङ्गा साहले जानकारी दिए । तीनै जनाको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।