दमक/ लायन्सकर्मी सरोज लकान्द्रीको जन्मदिनको अवसर पारेर लायन्स क्लब अफ दमक युनाइटेड र लियो क्लबले शैक्षिक सामग्री प्रदान गरेका छन् ।
ति क्लबको आयोजनामा मंगलबार कमल गाउँपालिका वडा नं ६ स्थित वाणी माविका साना कक्षाका बिद्यार्थीहरु १२० जनालाई कापी पेन्सिल लगायतका सामग्री हस्तान्तरण गरिएको हो ।
लायन्स क्लब अफ दमक स्वीट सिटीका अध्यक्ष समेत रहेका सो बिद्यालयका अनुगमन समिति अध्यक्ष भिम पौडेलका अनुसार लायन्सकर्मी लकान्द्रीको जन्मदिनको अवसर पारेर बिद्यार्थीहरुका लागि सो सहयोग प्राप्त भएको हो । ति सामग्रीको मूल्य १६ हजार ५ सय रुपैयाँ परेको बताइएको छ ।
लायन्स क्लब इन्टरनेशनल डिस्ट्रीक ३२५ सीका एरिया चिफ नेत्र चम्लागाइँको प्रमुख आतिथ्य र एरिया को अर्डिनेटर साजन श्रेष्ठ, बिद्यालयका अनुगमन समिति सदस्य भिम पौडेल लगायतको आतिथ्यमा सो सामग्री वितरण गरिएको हो । कार्यक्रम लायन्स सन्देश कालिकोटेको सभापतित्वमा भएको थियो ।

Facebook Comments Box