दमक/ दमक १ स्थित दमक बहुमुखी सहकारी संस्थाले २२ औं बार्सिक साधारणसभा सम्पन्न गरेको छ । संस्थाको साधारण सभाले बार्षिक तथा लेखा प्रतिबेदन पारित गर्दै उत्कृष्ट कारोबार गर्ने सदस्यहरुलाई सम्मान र पुरस्कार समेत प्रदान गरेको हो ।
सभामा संस्थाका अध्यक्ष मोहनकुमार श्रेष्ठले बार्षिक प्रतिबेदन र लेखा समितिका तर्फबाट संयोजक द्रोणप्रसाद खनालले लेखा प्रतिबेदन प्रस्तुत गरेका थिए ।
दुबै प्रतिबेदन सभाको बन्दसत्रले सुझाव सहित पारित गरेको सचिब रुपनारायण नेउपानेले बताए ।
सभामा संस्थाले ७५ बर्ष माथिका दुई दर्जन ज्येष्ठ शेयर सदस्यहरुलाई नगद सहित सम्मान गरेको थियो ।
दमक नगरपालिकाकी उपप्रमुख रेगिना भटटराईको प्रमुख आतिथ्यमा भएको सभामा दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोपाल गुरागाई लगायतल्व शुभकामना मन्त्यब राखेका थिए । १७१५ जना सेयर सदस्य रहेको संस्थाको ३ करोड ३८ लाख १३ हजार ८ सय शेयर पूंजी पुगेको छ ।त्यस्तै कुल बचत ५० करोड ८९ लाख ६३ हजार ७ सय ४४,कुल लगानी १६ करोड ३४ लाख८५ हजार ६ सय ३३ रुपियाँ भएको प्रतिबेदनना उल्लेख छ ।

 

 

Facebook Comments Box