दमक/ दमककी उद्यमी, व्यवसायी नेतृ एवं सामाजिक कार्यकर्ता लक्की सिटौला (विन्दु) ले दमकको एक विपन्न परिवारलाई खाद्यान्न प्रदान गरेकी छिन् ।
सुन्दर समाज नेपाल नामक सामाजिक संस्थाकी अध्यक्ष समेत रहेकी लक्की इन्टेरियर डेकोरकी सञ्चालिका विन्दुले कुशे औंशी (बुबाको मुख हेर्ने दिन ) का अवसरमा आफना दिवंगत पिता लेखनाथ सिटौलाको सम्झनामा दमक –५ कोठा भाडामा बस्दै आएका ५९ वर्षिय आशाराम चौधरीलाई खाध्यान्न वितरण गरेकी हुन् । उनले चौधरीको डेरामै पुगेर तेल,चामल,नुन,दाल लगायतका एक महिनासम्म पुग्ने खाद्यान्न हस्तान्तरण गरिन् ।
उनले विपन्न बिद्यार्थीहरुको अभिभावकत्व ग्रहण गर्दै कमल ५ स्थित गुह्येश्वरी आबिमा बिद्यार्थीलाई बर्षेनी छात्रवृत्ति समेत दिदैं आएकी छिन् ।