दमक/ सहकारीकर्मी एवं सामाजिक युवा व्यक्तित्व लवराज खड्काले आफ्नो जन्मदिन आश्रममा सहयोग गरेर मनाएका छन् ।
पहिलो पाइला नेपाल दमक शाखाका उपाध्यक्ष समेत खडकाले आफनो जन्मदिनको अवसर पारेर आइतबार दमक ४स्थित रत्न वृद्ध आश्रममा सहयोग गरेका हुन् । खड्काले जन्मदिनमा हुने फजुल खर्चलाई सामाजिक सेवामा लगाउन प्रेरित गर्ने उद्धेश्यले सो सहयोग गरिएको जनाएका छन् ।
पहिलो पाइला नेपाल दमक शाखा अध्यक्ष राजु निरौलाको नेतृत्वमा चामल लगायत अन्य खाद्यन्नसहित आश्रममा पुगेका उनले बृद्ध आमा बुबालाई दोसल्ला र टोपी लगाइदिएर सम्मान समेत गरेका थिए ।

Facebook Comments Box