काठमाडौं/ नेपाल विद्यार्थी संघ झापा काठमाडौं सम्पर्क समितिको आयोजनामा झापास्थित गिरीबन्धु टि स्टेटका विषयमा अन्तरक्रियात्मक कार्यक्रम भएको छ । कार्यक्रममा वक्ताका रूपमा अधिवक्ता ओम प्रकाश अर्याल र पत्रकार देवेन्द्र भट्टराई रहेका थिए ।
जुम मार्फत भएको सो कार्यक्रममा समितिका सभापति चोलिन्द्र दाहालले पछिल्लो समय सर्वोच्च अदालतबाट गिरीबन्धुको विषयमा भएको फैसलाका कारण नागरिकहरु अन्योलमा परेको महसुस भएकाले यसको तथ्यपरक जानकारीका साथै सर्वोच्चले गरेको फैसला कार्यान्वयन गराउनु पर्ने सरकारको दायित्व भएका कारण सरकारलाई दायित्वबोध गराउन र सरकारको नेतृत्व गर्ने प्रधानमन्त्री केपी शर्मा ओली झापाबाट नै निर्वाचित प्रधानमन्त्री भएकाले प्रधानमन्त्रीबाट जवाफदेहिता खोज्नुपर्छ भन्ने हेतुले यो कार्यक्रम आयोजना गरिएको नेविसंघ झापा – काठमाडौं सम्पर्क समितिले जनाएको छ ।
कार्यक्रममा वक्ताका रूपमा अधिवक्ता ओम प्रकाश अर्यालले फैसला ले प्रष्ट रूपमा चिया उत्पादनमा प्रयोग नभएको गिरीबन्धुले हदबन्दी छुट पाएको जमिन सरकारीकरण गरिनुपर्छ भनेकाले सरकार यसको कार्यान्वयन गर्न लाग्नुपर्छ भन्ने विचार व्यक्त गरे ।
अर्का वक्ता पत्रकार देवेन्द्र भट्टराईले गिरीबन्धु टि स्टेटका विषयमा भएको फैसलाले उक्त जमिनसँग जोडिएका नागरिकमा यो जमिन सरकारीकरण हुने वा नहुने अन्योलता सिर्जना भएकाले सरकार यस विषयमा जवाफदेही भएर कानूनसम्मत तरिकाले यस विषयलाई निचोड दिने तर्फ उन्मुख हुनुपर्ने उल्लेख गरे ।

 

Facebook Comments Box