दमक/ दमकस्थित हिमालय महालक्ष्मी चिया बगानका मजदुरहरुलाई लक्षित गरेर चिया बगानभित्र दुई दिने आयुर्वेद स्वास्थ्य शिबिर शुरु भएको छ । प्रादेशिक आर्युवेद अस्पताल लखनपुर, लायन्स क्लव झापा दमक र बगानको संयुक्त आयोजनामा विहिबारदेखि शिबिर शुरु भएको हो ।
लायन्स क्लव अफ झापाका दमकका अध्यक्ष बिष्णुप्रसाद पोखरेलका अनुसार आयुर्वेद अस्पतालका निमित्त निर्देशक डा. सिद्धार्थ ठाकुर सहितको टोलीले विशेषज्ञ सेवा प्रदान गरेको छ । विहिबारमात्र १२५ भन्दा बढिले स्वास्थ्य जाँच गराएका छन् ।
निशुल्क स्वास्थ्य शिबिरमा केही आधारभूत औषधिहरु निशुल्क रुपमा बितरण गरिएको थियो । गम्भिर प्रकृतीका र थप उपचार आवश्यक पर्नेहरुको प्रादेशिक आर्युवेद अस्पतालमा उपचारका लागि ब्यवस्था मिलाईएको छ । शिविरमा ३ सय ५० भन्दा बढि चिया मजदुरहरुले लाभ लिने अपेक्षा लिईएको बगानका प्रमुख श्यामल सुब्बाले बताए ।
विशेष गरेर पायल्स, फिस्टुला, फिसरको जाँच गरिएको छ । डा.नुतन महतोका अनुसार अधिकाँश मजदुरहरुमा छाला सम्बन्धिको समस्या, ढाँड दुख्ने, घाँटीको गर्धन दुख्ने लगायतका समस्याहरु रहेको पाईएको छ ।
आयुर्वेद अस्पतालका निमित्त प्रमुख डा.ठाकुरका अनुसार लायन्स क्लंव अफ झापा दमकसंग समन्वय गरेर नियमित रुपमा स्वास्थ्य घुम्ति शिबिर र यस प्रकारका बृहत आयुर्वेद स्वास्थ्य शिबिर गर्ने योजना रहेको छ ।