दमक/ कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा आ.व. २०८१/०८२ को बार्षिक कार्य सम्पादन सम्झौतामा हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ । 

संगठन प्रमुख प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर र कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुवेर खापुङ बीच आ.व. २०८१/०८२ को लागि कार्य सम्पादन सम्झौता सम्पन्न भएको र सोही सम्झौताको बुदामा आधारित रही आ.व. २०८१/०८२ को लागि प्रदेश प्रहरी प्रमुख खापुङ तथा कोशी प्रदेश प्रहरी कार्यालय मातहतका प्रहरी प्रमुखहरु बीच कार्य सम्पादन सम्झौता पत्रमा हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ ।

 सम्झौता हस्ताक्षर कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालयका माहाशाखा प्रमुखहरु, कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरनेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी, बिशेष सुरक्षा प्रहरी गण दुहबीप्रदेश सशस्त्र प्रहरी गण रानी विराटनगर, जिल्ला प्रहरी कार्यालय मोरङ, सुनसरी, नेपाल प्रहरी प्रदेश अस्पताल इनरुवा र नेपाल पुलिस स्कुल धरानका प्रहरी प्रमुखहरु प्रत्यक्षरुपमा सहभागी  भइ कार्य सम्पादन सम्झौता पत्रमा हस्ताक्षर  गरेका थिए भने  अन्य १२ वटा जिल्लाका प्रहरी प्रमुखहरु र प्रदेश विपद व्यवस्थापन गुल्म चन्द्रगढीका प्रमुख Virtual  माध्यमद्वारा सहभागी भएका थिए ।   बार्षिक कार्य सम्पादन सम्झौता बमोजिम सम्झौता पत्रमा हस्ताक्षर गर्ने कार्यालय प्रमुखहरुले प्रहरी ऐन, नियमावली र प्रचलित कानुनको अधिनमा रही नेपाल प्रहरीको काम कर्तव्य र अधिकार अनुसार आफुले गरेका कार्यहरुको प्रगति बिवरण त्रैमासिकअर्धबार्षिक र बार्षिक रुपमा प्रतिवेदन तयार गरी कोशी प्रदेश प्रहरी कार्यालयमा बुझाउनु पर्ने छ । 

Facebook Comments Box