दमक/ दमक नगर ईसाई समाजको दोस्रो अधिवेशनले सर्वसम्मत रुपमा हेमन्त सुब्बाको अध्यक्षतामा नगर समिति चयन गरेको छ । सोमबार दमक ५ मा सम्पन्न २९ औं वार्षिकोत्सब तथा दोस्रो अधिवेशनले सुब्बाको अध्यक्षतामा ईसाई समाजको नेतृत्व चयन गरेको हो ।
अधिवेशनले उपाध्यक्षमा राम प्रसाद राई र अम्विका कार्की (रोजी), सचिवमा अजय कुमाल, सहसचिवमा खड्ग बहादुर कार्की (दिपक) र कोषाध्यक्षमा हरि कुमार राईलाई चयन गरेको हो । सदस्यहरुमा गंगा प्रसाद राई (जोन), राधाकृष्ण बस्नेत (पावल), सुधिर वाल्मीकि, धनकुमार धिमाल, विकास लाम्गादे, हर्क कुमारी राई, रोहित पोर्तेल, सागर लावती र राम बहादुर राई (पावल) चुनिएका छन् ।
झापा जिल्ला ईसाई समाजका अध्यक्ष अम्मर दिप आलेको प्रमुख आतिथ्य र समाजका तत्कालिन दमक नगर अध्यक्ष धनबहादुर राई (आकाश)को अध्यक्षतामा भएको अधिवेशन तथा बार्षिकोत्सव कार्यक्रममा विभिन्न विभागीय प्रमुख तथा संयोजकहरुले प्रतिवेदन प्रस्तुत गरेका थिए । अधिवेशनले अध्यक्ष राईद्धारा प्रस्तुत संस्थाको बार्षिक प्रतिवेदन, कोषाध्यक्ष मन्दिला कुमालद्धारा प्रस्तुत आर्थिक प्रतिवेदनसहित सबै बिभागीय प्रतिवेदनहरु सर्वसम्मतले पारित गरेको जनाइएको छ ।
सो कार्यक्रमको प्रमुख वक्तामा मोरङ ईसाई समाजका अध्यक्ष नवीन कुमार राई रहेका थिए भने समाजले एसइइमा ए ग्रेड ल्याउने विद्यार्थीहरुलाई नगदसहित प्रशंसापत्र प्रदान गरेको छ ।
