उर्लाबारी /  उर्लाबारी उद्योग वाणिज्य संघको अध्यक्षमा कांग्रेस समर्थित व्यवसायी नेता तारामान सिरेङ निर्वाचित भएका छन् । स्वतन्त्र उम्मेद्वारका रुपमा उभिएका कांग्रेसकै विनोद न्यौपाने र नेकपा एमाले समर्थित रामबहादुर थापालाई पराजित गर्दै सिरेङ अध्यक्षमा निर्वाचित भएका हुन् ।
लिम्बुका निकटतम प्रतिद्धन्द्धीका रुपमा रहेका न्यौपानेलाई ३१ मतान्तरले पराजित गरेका हुन् । सिरेङले ५ सय १२ मत प्राप्त गरे भने न्यौपानेले ४ सय ८१ मत पाएका छन् । उनलाई नेकपा माओवादी केन्द्र, राप्रपा र जसपाको समर्थन रहेको थियो ।
एमालेका रामबहादुर थापाले १ सय २७ मतमा मात्रै ल्याएका छन् । संघको बरिष्ठ उपाध्यक्षमा स्वतन्त्र समुहका ज्ञानकुमार श्रेष्ठ (ज्ञानु) निर्वाचित भए ।
श्रेष्ठले १ सय ४३ मतको अन्तरले उनका निकटतम प्रतिद्वन्दी कांग्रेसकी निर्मला चौहान (निरु) लाई पराजित गरेका हुन् । श्रेष्ठले ५ सय ९ मत प्राप्त गरे भने चौहानले ३ सय ६६ मत ल्याइन् ।

Facebook Comments Box