दमक/ दमक नगरपालिकाले सञ्चालन गर्दै आएको दमक नगर अस्पतालका लागि संघिय सरकारबाट एकैसाथ ३० लाख रुपैयाँ बराबरका स्वास्थ्य उपकरण प्राप्त भएको छ ।
नगर उपप्रमुख रेगिना भट्टराई (प्रसाइँ)को पहलमा संघीय सरकारको स्वास्थ्य मन्त्रालयबाट प्राप्त ति उपकरणहरु दमक ल्याइएको हो ।
नगर उपप्रमुख भट्टराई हाल काठमाडौमै रहेर दमकका योजनाहरुमा रकमसहित यहाँका सामुदायिक बिद्यालय तथा अस्पतालहरुमा आवश्यक सामाग्रीहरुका लागि सम्बन्धित सरकारी अडडहरुमा पुगेकी छन् ।
अस्पतालको सेवा थप बढाउने गरी सामानहरु आएको उप प्रमुख भट्टराईले जानकारी दिइन् । ६ सेट डायलसीस मेसिन समेत स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएकोमा मापदण्ड अनुसार दमक अस्पताल ५० बेडको नहुँदा ति मोसिन ल्याउन नसकिएको उनले बताइन् । डायलोसिस मेसिन ल्याउन सकेको भए ठुलो उपलब्धि हुने भए पनि सरकारी मापदण्डमा नपर्दा ल्याउन नसकिएको उपप्रमुख भट्टराईको भनाई छ ।
शनिबार दमक ल्याइएका स्वास्थ्य उपकरणहरुमा १० वटा बेड, एउटा भिडियो एक्स रे मेसिन , एउटा डेलिभरी बेड, एउटा पोष्टमार्टम सेट , एउटा सक्सन मेसिन, थ्री डिजिटको एक थान ईसिजी उपकरण , ईनटी अपे्रसन एक सेट, सिटिजि कार्डियोग्राफी मेसिन एक सेट लगायत रहेका अस्पतालका स्टोर प्रमुख श्याम राजबंशीले जानकारी दिए । आज प्राप्त ति सामग्रीको बजार मुल्य करिब ३० लाख रुपैयाँ पर्ने उनले जानकारी दिए ।
अस्पताललाई प्राप्त सामानहरु आज आईपुगेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्ण शाहले बताए । प्राप्त सामग्रीबाट अस्पतालको सेवा प्रवाहलाई थप प्रभाबकारी बनाउने भन्दै यसले नगरबासीको स्वास्थ्य उपचारमा महत्वपुर्ण सहयोग पुग्ने बिश्वास लिइएको डाक्टर साहको भनाई छ ।

 

 

Facebook Comments Box