उर्लाबारी/मोरङको बुढिगंगा गाउँपालिका १ शान्तिचोकमा भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।

आज बिहान पौने ८ बजे दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको को १ ख ७२२५ नम्बरको यात्रुबाहक बसले बिपरीत दिशाबाट आउँदै गरेको को २७ प १०२२ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा मोटरसाईकल चालकसहित दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा चालक बुढिगंगा गाउँपालिका ४ का ५२ बर्षीय सुवालाल माझी र पछाडी सवार २६ बर्षीय अन्जली माझी रहेका छन् । दुर्घटनामा घाईते भई उपचारका लागि बिराट मेडिलक कलेज गंगाचोक लगिएकोमा तत्कालै उनीहरुको मृत्यु भएको हो ।

Facebook Comments Box