दमक उद्योग वाणिज्य संघको ३४ औं स्थापना दिवस तथा बार्षिकोत्सवको अवसरमा दिप प्रज्वलन गर्दै प्रमुख अतिथी नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश अध्यक्ष राजेन्द्र राउत ।
साथमा महासंघका केन्द्रिय सदस्य तथा संघका निवर्तमान अध्यक्ष गोकूल श्रेष्ठ, पूर्व अध्यक्ष विजयप्रसाद बराल र वर्तमान अध्यक्ष देवीप्रसाद गुरागाइँ लगायत ।
बार्षिकोत्सवको अवसर पारेर आयोजित अन्तर वस्तुगत फुटसल प्रतियोगिताको पहिलो दिन भएका खेलहरुमा विजयी हासिल गर्दै होटल व्यवसायी संघ दमक र जुत्ता चप्पल व्यवसायी संघको टिम सेमिफाइनलमा प्रवेश गरेका छन् । प्रतियोगिता अन्तर्गत थप चरणका खेलहरु भोली भाद्र ७ गते बिहान सञ्चालन भई बिहान ११ बजेदेखि उपाधिका लागि फाइनल खेल हुने र समापन कार्यक्रम गरिने उवासंघका अध्यक्ष गोपाल गुरागाइँले जानकारी दिए ।
वाणिज्य संघको बार्षिकोत्सव, फुटसल प्रतियोगिताको समापन शुक्रबार (भोली)
Nishkarsha News
२०८१ भाद्र ६, बिहीबार २०:४०