दमक/  झापाको बुद्धशान्ति ४ मंगलबारेमा अस्थाई प्रहरी पोष्ट स्थापना गरिएको छ ।
प्रहरी सहायक निरिक्षकको कमाण्डमा चार जना प्रहरी टोली रहने गरि स्थापना गरिएको प्रहरी पोष्टको आइतबार नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माले उदघाटन गरेका छन् ।
सांसद शर्माको प्रमुख आतिथ्यतामा भएको उदघाटन कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाको विशेष आतिथ्य रहेको थियो ।
जिल्ला प्रहरी कार्यालय झापाका कार्यालय प्रमुख प्रहरी उपरीक्षक मिलन के.सी. एवं स्थानीय जनप्रतिनिधिहरु, सामाजिक तथा राजनीतिक व्यक्तित्वहरुको उपस्थिति रहेको कार्यक्रमका वक्ताहरुले स्थानीयस्तरमा शान्ति सुरक्षा मजबुत बनाई राख्न प्रहरी पोष्टले योगदान दिने विश्वास व्यक्त गरे ।

Facebook Comments Box