दमक/ नेकपा एमाले दमक ५ को वडा अधिवेशनले रोहितकुमार उप्रेती (किरण)को अध्यक्षतामा वडा कमिटी चयन गरेको छ ।
३२ श्रावणमा मारवाडी सेवा समितिको सभाहलमा शुरु भएको वडा अधिवेशनमा नेतृत्व चयन सर्वसम्मत हुन नसकेपछि एमालेले मतदान प्रकृयाबाट वडा नेतृत्व चुनेको हो ।
अध्यक्षमा उप्रेतीसँगै उपाध्यक्षमा गीता निरौला बस्नेत, सचिवमा हिन्द बहादुर बुढाथोकी, उपसचिवमा राम रिमाल र गम्भीरा दाहाल कार्की चुनिएका एमालेले जनाएको छ ।
वडा अधिवेशनको एमाले झापाका इञ्चार्ज रोमनाथ ओलीले उदघाटन गरेका थिए ।
वडा कमिटी अध्यक्ष राजेन्द्र ढकालको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा पार्टी केन्द्रिय सदस्य एवं क्षेत्रीय इञ्चार्ज दिपक कार्की, केन्द्रिय सदस्य इन्द्र भण्डारी, प्रदेश कमिटी सदस्य सुशिल राई, जिल्ला कमिटी सदस्य बोधप्रसाद घिमिरे, नगर कमिटी अध्यक्ष रामप्रसाद पौडेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सो अवसरमा तत्कालिन वडा कमिटी, वडास्थित पार्टीका अग्रज एवं सेल्टरदाताहरु ल्गायत पार्टीमा योगदान दिने नेता, कार्यकर्ताहरुलाई सम्मान समेत गरिएको थियो ।

Facebook Comments Box