दमक/ झापाको दमकमा नेकपा (एकीकृत समाजबादी) को नगर कमिटी पुनर्गठन भएको छ । बिहिबार पार्टीका झापा जिल्ला कमिटी अध्यक्ष बेदराज रेग्मीको अध्यक्षता र पार्टीका केन्द्रीय सदस्य निलमणी बरालको प्रमुख आतिथ्यमा सम्पन्न भेलाले दमकका पुराना कम्युनिष्ट कार्यकर्ता हरिप्रसाद नेपालको अध्यक्षतामा ९ सदस्यीय नगर कमिटी पुनर्गठन गरेको हो ।

नगर कमिटीको उपाध्यक्षमा जीवन सेडाँई तथा महिला उपाध्यक्षमा सोममाया लिम्बू, सचिवमा सुवास सुवेदी र उपसचिवमा डिकेन्द्र बस्नेत चयन भएका छन ।
नगर कमिटीका सदस्यहरुमा युवराज घिमिरे, मन कुमार दर्नाल , तोर्ण पौडेल लगायत रहेका छन् ।
आज बनेको नगर कमिटीको चाँडै बस्ने बैठकले नगर कमिटी थप विस्तार गर्ने जनाईएको छ ।
सो भेलामा प्रदेश कमिटी सदस्य शान्तिराम आचार्य, बिर्तामोड नगर अध्यक्ष श्रीप्रसाद सिटौला, जिल्ला सदस्य टीका प्रसाईं, समाजबादी प्रेस संगठन नेपालका केन्द्रिय सदस्य अनिलदेब राई, निरमैया राई, हमला प्रसाईं लगायतको उपस्थिती रहेको थियो ।

पार्टीका केन्द्रीय सदस्य निलमणि बरालले नवगठित सदस्यहरुलाई शुभकामना दिदै पार्टीको गतिविधिमा सक्रियता साथ दमक आसपासका क्षेत्रमा समेत गतिबिधि बढाउन निर्देशन दिए । संगठन विस्तार र समाजमा देखिएका विकृतिको विरुद्धमा आवाज उठाउनु र खबरदारी गर्नु एकीकृत समाजवादीको कर्तव्य भएको उल्लेख गरे ।

Facebook Comments Box