मोरङको केरावारी गाउँपालिका-९ स्थित स्कुल चौकमा ६ वर्षीया एक बालिकाको सर्पको टोकाइबाट मृत्यु भएको छ। स्थानीय मनोज पण्डितकी छोरी प्रतिमा पण्डितलाई बुधबार साँझ सर्पले टोकेको थियो।प्रतिमा दिनभर विद्यालयमा पढाइ सकेर साँझ घर फर्केपछि शौचालयमा गएको बेला उनलाई विषालु गोमन सर्पले टोकेको बताइएको छ।
बालिकालाई उपचारका लागि तत्काल इटहरीस्थित अस्पतालमा पुर्याइएको थियो। थप उपचारका लागि उनलाई विराटनगरको अस्पतालमा रिफर गरिएको भए पनि, चिकित्सकहरूले उनलाई मृत घोषित गरेका थिए।