करेन्ट लगाएर माछा मार्दा ज्यानै गयो

Author Nishkarsha News
२०८१ श्रावण ३०, बुधबार १६:१०

झापाको हल्दीबारी गाउँपालिका वडा नं ४ चुँडाल चोक नजिकै करेन्ट लगाएर माछा मार्ने क्रममा घाईते भएका एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पैनीमा बिजुलीको पोलबाट करेन्ट तानेर माछा मार्ने क्रममा नरेश मोक्तानको मृत्यु भएको हो । हिजो साँझ करेन्ट लागेर घाईते भएका मोक्तानको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्