दमक/ दमक नगरपालिका वडा नं.५ स्थित भित्री सडक खण्डबाट आज बिहान करिब ४ बजे पेस्तोलसहित एक युवक पक्राउ परेका छन् ।
बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय दमक झापाबाट खटिएको प्रहरी टोलीले स्पेशल मेड इन इटली अटो मिसाइल लेखिएको 7657 Round No 02 को पेस्तोलसहित दमक ८ का ३६ बर्षिय सञ्जीब गजमेरलाई प्रहरीले पक्राउ गरेको हो । को.३८ प.५६४९ नम्बरको स्कुटरका अगाडी चावी लगाउने भागको तल सामान राख्ने ठाउँमा लुकाएर राखेको अवस्थामा गजमेरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । ति युवकले लगाएको जिन्स पाइन्टको पछाडीको गोजीबाट दुई वटा म्याग्जिन समेत बरामद भएको छ ।