दमक/ दमक उद्योग वाणिज्य संघको ३४ औ स्थापना दिवसका अवसर पारेर यसवर्ष पनि अन्तर बस्तुगत संघबीच फूटसल प्रतियोगिता हुने भएको छ । संघले गतवर्ष देखि शुरु गरेको उक्त प्रतियोगिता यसवर्ष पनि यहि ६ र ७ भदौमा आयोजना गर्न लागिएको संघका अध्यक्ष गोपाल गुरागाइँले जानकारी दिए ।
दुई दिवसीय सो फूटसल सम्पन्न गर्न टिम दर्ता लगायतका आवश्यक तयारी धमाधम भईरहेको संघका सदस्य समेत रहेका फूटसल प्रतियोगिताका संयोजक तुलसीराम तिम्सीनाले जानकारी दिए ।
दोश्रो संस्करणको फूटसल प्रतियोगिताका विजेता टिमले नगद ३३ हजार ३ सय ३३,उपविजेताले २२ हजार २ सय २२ रुपैयासहित ट्रफि तथा प्रमाणपत्र प्राप्त गर्ने छन् ।
यसैगरि, म्यान अफ द सिरिज,म्यान अफ दि म्याचसहित म्यान दि म्यान घोषणा गरि नगद सहित ट्रफि प्रदान गरिने संयोजक तिम्सीनाले बताएका छन् । दमक ५ स्थित विष्ट फूटसल मैदानमा हुने प्रतियोगितामा संघमा आवद्ध विभिन्न एक दर्जन बस्तुगत संघको सहभागिता रहने जनाईएको छ । टिम दर्ताको समय ३० साउनसम्म राखिएको सो प्रतियोगितामा सहभागि हुने टिम र खेलाडीहरुको सदस्यता नविकरण हुनुपर्ने जनाईएको छ ।