इटहरी उपमहानगरपालिकाले चार वटा विद्युतीय बस ल्याएको छ । उपमहानगरले नगरबस सञ्चालन गर्न चार वटा बस ल्याएको हो ।
गत ८ फागुनमा उपमहानगरले ६ करोड ३६ लाख ८६ हजार रुपैयाँमा नगर बस ल्याउने सम्झौता गरेको थियो । महानगरपालिकाले १९ वटै वडासम्म पहुँच पुग्ने गरी नगरबस सञ्चालन गर्ने तयारी गरेको छ । बसमा सीसी क्यामेरालगायत सुविधा थप गर्ने प्रदान गरिनेछ ।